बिहीबार, फागुन २८, २०८२

स्कुल पुग्न ६ घण्टा हिँड्नु पर्दैन अब खुङ्खानीका विद्यार्थीलाई

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

बागलुङ- बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी। तमानखोला गाउँपालिका-५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नु पर्छ।

National life

भौगोलिकरूपमा निकै विकटमा रहेको खुङ्खानीगाउँ छेउमै चिटिक्क रङरोगन गरेर सिङ्घारिएका केही भवन देखिन्छन्। 
भवन वरिपरि घेराबारले लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो। दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला सहरका शैक्षिक संस्थाभन्दा कम छैन।

तमानखोला गाउँपालिका-६ नर्जाखानी, पात्ले, भित्रीवनलगायतका गाउँबाट विद्यार्थी दैनिक छ घण्टा हिँडेर माध्यमिक तहको अध्ययन गर्दै आएका छन्।

वडा नं ६ का दर्जनौँ विद्यार्थी आधारभूत तहको पढाइ विष्णु आधारभूत विद्यालय नर्जाखानीमा सकेपछि उनीहरू शान्ति माध्यमिक विद्यालयमा पुग्नुपर्छ। नर्जाखानीबाट शान्ति मावि खुङ्खानी पुग्न तीन घन्टा बढी लाग्छ।

वर्षौंदेखि घन्टौं हिंडेर माध्यमिक शिक्षा हासिल गर्दै आएका नर्जाखानी क्षेत्रका विद्यार्थीले अब छात्रबासमै बसेर माध्यमिक तहको पढाइ गर्न पाउने भएका छन्।

Laxmi sunrise bank
kumari

शान्ति माविमा छात्राबास सञ्चालनका लागि चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकाले दुई लाख ५० हजार विनियोजन गरेको प्रधानाध्यापक सत्यनारायण सिंह बताउँछन्। नर्जाखानीबाट आएर कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिने भएको उनको भनाइ छ।

प्रधानाध्यापक सिंहले भने, ‘यहाँका विद्यार्थीलाई निकै समस्या थियो, दैनिक छ घन्टा पूरै हिँड्नुपर्थ्यो, हिँडाइको थकाइले गर्दा उनीहरूमा पढाइप्रति रुचि कम हुने गरेको पाइयो, त्यसले गर्दा यस वर्षबाट छात्रबासमा राखेर पढाउन थालेका छौं, यस वर्ष छोटो समय राख्यौं, आगामी वर्षदेखि थप व्यवस्थापनका साथ विद्यार्थीलाई सहज हुने गरी पठनपाठन गराउँछौं।’  - रासस

प्रकाशित: Mar 27, 2023| 06:02 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्