बिहीबार, फागुन २८, २०८२

जनक शिक्षाको गोदाममै थन्किए गत वर्षका २० लाख थान पुस्तक 

जनक शिक्षाले यस वर्ष कक्षा ६ देखि १० सम्मको डेढ १ करोड थान पुस्तक छपाइ जिम्मा लिएकामा नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै चैतभित्रै विद्यार्थीका हातहातमा पुस्तक पुर्‍याइने दाबी गरेको हो।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं– सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले चैतभित्रै सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्‍याइने बताएको छ। जनक शिक्षाले हालसम्म १ करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ।

National life

जनक शिक्षाले यस वर्ष कक्षा ६ देखि १० सम्मको १ करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएकमा नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पु¥याइने प्रबन्ध निर्देशक अनिलकुमार झाले बताएका हुन्।

कोरोना महामारीको समयमा बिग्रिएको शैक्षिक सत्र यस वर्षदेखि १ वैशाखदेखि नै सुरु हुने भएपछि केन्द्रले २४सै घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको उनले जानकारी दिए।

उनले भने, ‘यस वर्ष जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको मात्रै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ। १ करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हो। त्यसमध्ये १ करोड ३५ लाख थान अर्थात् ९० प्रतिशत पुस्तक छापिसक्यौं। अब बाँकीे  १५ लाख थान केही दिनभित्रै छपाइ सकेर जिल्ला–जिल्ला पठाउँछौं।’

उनले दैनिक १ लाख २५ हजार थान पुस्तक छपाइ गरिएको जानकारी दिँदै केन्द्रका कारण पाठ्यपुस्तक अभाव नहुने र वितरण प्रणाली प्रभावकारी बनाएर शैक्षिक सत्र सुरु हुनुअगावै जिल्ला जिल्लामा पुस्तक पुग्ने दाबी गरे। 

Laxmi sunrise bank
kumari

गत वर्ष दुई करोड थान पुस्तक छापेकामा यस वर्ष कक्षा ४ र ५ को पुस्तक छपाइको जिम्मेवारी सरकारले निजीलाई दिएपछि केन्द्रले कम पुस्तक छाप्ने भएको हो। गत वर्षको २० लाख थान पुस्तक बाँकी रहेको केन्द्रले जनाएको छ।

छापिसकेका पुस्तक बाहिरी र दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर शाखा कार्यालयमा पठाउने काम भइरहेको केन्द्रका बजार व्यवस्थापन शाखाका प्रमुख चित्रराज आचार्यले बताए। उपत्यकासहित नजिकका केही जिल्लालाई सबै पुस्तक छपाइ सकेर अन्तिममा वितरण गरिने उनको भनाइ छ।

‘गत वर्ष निर्वाचनको मतपत्र छपाइ भयो। कागज समयमा नआउँदा अभावका कारण छपाइमा केही समस्या आएको थियो। यस वर्ष छपाइमा कुनै समस्या छैन’, उनले भने। २० चैतदेखि पुस्तक बिक्री सुरु हुने र दुई दिनभित्रै पुस्तक जिल्ला जिल्लामा पुर्‍याउने केन्द्रको दाबी छ।

केन्द्रका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा, कोसी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुरमा पुस्तक पठाउने क्रम जारी छ।

लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइ त्यहाँबाट पनि वितरण गर्ने जनाएको छ। 

केन्द्रका प्रबन्ध निर्देशक झाले भने, ‘यस वर्ष सरकारको योजनाअनुसार नयाँ शैक्षिक सत्रको सुरुआतमा विद्यार्थीको हातहातमा पुस्तक पुग्ने गरी केन्द्रका ९ वटा शाखा कार्यालयमा पुस्तक पठाइसकेका छौं। देशभरका वितरण केन्द्रमार्फत विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौं।’

हिमाली र केही दुर्गम पहाडी जिल्लामा पुस्तक पुर्‍याउन ६ दिनसम्म लाग्ने र अन्य जिल्लामा दुई दिनमै पुस्तक पुर्‍याउने उनको भनाइ छ। झाका अनुसार पुस्तक वितरणका लागि केन्द्रले वितरकसमेत छनोट गरिसकेको छ।

पाठ्यपुस्तकको मूल्यवृद्धि भने यस वर्ष पनि नहुने भएको छ। नयाँ पाठ्यक्रम लागू भएका केही विषयको मूल्य निर्धारण आज हुने बताइएको छ। सरकारले निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको १ करोड २० लाख थान पुस्तक छपाइको जिम्मा दिएको छ। नयाँ शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमसमेत लागू हुने भएपछि नयाँ पाठ्यपुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ।

प्रकाशित: Mar 26, 2023| 13:48 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्