शनिबार, साउन १२, २०८१

सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ : देवेन्द्र पौडेल

 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बढीमा पर्सिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। गठबन्धनका दलहरुभित्रको गृहकार्यका कारण मन्त्रिपरिषद् विस्तार एकदुई दिन ढिलो हुन पुगेको उनको भनाइ छ।

triton college

शनिबार बसेको पार्टीको पदाधिकारी बैठकपछि उनले टुंग्याउनै नसकिने विषयका कारण यो विषय नअल्झिएको बताए। गठबन्धनका दलहरुले प्रधानमन्त्रीलाई नै अलग–अलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउने भनेको उनको भनाइ छ।

‘प्रधानमन्त्रीले आजसम्म गरेको रिपोर्ट अनुसार, सबै दलसँग छलफल गर्नुभएको छ। भोलि सम्भवतः उहाँले प्रस्ताव तयार गर्नुहुन्छ। र भोलि बेलुकी नत्र पर्सिसम्म गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ’, उनले भने।

बैठकमा गठबन्धनमा रहेका अरु विभिन्न पार्टीहरुसँग छलफल गरेर संसद्लाई प्रभावकारी, गतिशील बनाउने, ऐनकानुन पनि बनाउने, ‘टीआरसी’ पनि टुंग्याउने गरी कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भएको उनले बताए।

त्यस्तै, सरकार र पार्टीलाई कसरी जोड्ने? भन्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।  ‘सरकार एकातिर र पार्टी एकातिर भयो भने हुँदैन। गठबन्धनलाई साथमा लिएर जनताले उठाएका कतिपय जनसरोकारका विषयहरु पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने र प्रदेशका सरकारहरु पनि आलोपालो अनुरुप सातै प्रदेशका सरकारलाई संघीय सरकारको बजेट, नीति र कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अगाडि बढ्ने भन्ने छलफल भयो’, उनले भने।

Metro Mart
vianet

प्रकाशित: Mar 25, 2023| 18:27 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...