शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ।

National life

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रदेखि प्रदेशको सत्ता समीकरणबारे प्याकेजमै सहमति खोज्नुपर्ने धारणा राखेको बुझिएको छ। दस दलीय नेतृत्वबीच सामूहिक तथा दुई पक्षीय वार्ता भइरहे पनि हालसम्म निकास निस्कन सकेको छैन। 

बैठकमा सहभागी पदाधिकारीले पछिल्लो समय विकसित भइरहेका राजनीतिक घटनाक्रम, कांग्रेससँगको समीकरणलगायत विषयमा चनाखो भएर अगाडि बढ्न प्रधानमन्त्री प्रचण्डलाई सुझाएको बताइन्छ।

प्रकाशित: Mar 25, 2023| 16:29 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...