शनिबार, वैशाख ८, २०८१

उपेन्द्रलाई रोक्दै जनमत र लोसपा

सांसद रामसहायलाई उपराष्ट्रपति बनाएपछि रिक्त रहेको बारा २ को निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्ने रणनीतिमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनभित्रकै सीके राउतहरूले असहयोग गर्ने पक्का छ।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं- एउटै गठबन्धनमा अडिरहे पनि मधेस केन्द्रित दलहरू यतिबेला रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त संसदीय निर्वाचनको जोडघटाउमा लागेका छन्।

triton college

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् भित्र्याउन उनकै जोडबलमा सत्ता गठबन्धन दलहरूले रामसहायलाई उपराष्ट्रपति निर्वाचित गराएका थिए। यद्यपि दस दलीय गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले उपराष्ट्रपतिमा रामसहायविरुद्ध गठबन्धन बनाएका थिए। यद्यपि ३ चैतको उपराष्ट्रपति निर्वाचनमा लोसपाले अन्तिम समयमा जनमत पार्टीबाट उम्मेदवार रहेकी ममता झालाई मत दिएको थिएन।

तराई मधेसमा उपेन्द्र यादव र सीके राउतबीचको तिक्तता गत ४ मंसिरको निर्वाचनपछि मात्रै सतहमा देखिएको हो। कारण थियो, राउत र उपेन्द्र एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनु। उक्त निर्वाचनमा राउतले उपेन्द्रलाई झन्डै दोब्बर मतले हराएका थिए। त्यसपछि उपेन्द्र र राउतबीच खासै राम्रो सम्बन्ध हुन सकेको छैन। उपेन्द्रले संघीय निर्वाचन हारेपछि संसद्मा उनको उपस्थिति हुने कुरै भएन। उपेन्द्रलाई संसद्मा ल्याउन सांसदसमेत रहेका जसपा नेता रामसहाय यादवलाई उपराष्ट्रपतिमा निर्वाचित गराइएको बुझ्न कठिन छैन। 

आगामी १० वैशाखमा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदै छ। बारा २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष यादवलाई रोक्न सीके राउत, महन्थ ठाकुरहरूको गठबन्धनले काम थालिसकेको छ। राउतले शुक्रबार मात्रै उपेन्द्रमाथि लक्षित गरेर बाहिरिया उम्मेदवारलाई भोट दिन नहुने भन्दै बारा २ मा घरदैलो अभियान थालिसकेका छन्।

अध्यक्ष राउतले बारा २ मा जसपा अध्यक्ष उपेन्द्रलाई कुनै पनि हालतमा सांसद बन्न नदिइने कसम खाएका छन्। बुधबार बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले जसपा अध्यक्ष यादव चोर बाटोबाट संसद् प्रवेश गर्न खोजेकाले यसपटक पनि चुनाव हराउने दाबी गरे। राउतले बारामा पनि यादवका विरुद्धमा उम्मेदवारी दिइने घोषणा गरे। 
उपेन्द्रलाई नहराएसम्म मधेसमा परिवर्तन हुनै नसक्ने टिप्पणी गरेका राउतले गढीमाई दर्शन गरेर मिसन २ सुरु भएको बताए। 
यतिबेला दस दलीय गठबन्धनमा रहेका जसपा र जनमतको केन्द्र र मधेस प्रदेश सरकारमा दुवैमा सहकार्य छन्। तर गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले उपेन्द्रलाई काँध थापेपछि अध्यक्ष राउत चिढिएका छन्। उनले लोसपा, जनमत र नागरिक उन्मुक्तिलाई मिलाएर गठबन्धन निर्माण गरिसकेका छन्।

corrent noodles
Metro Mart

यद्यपि दस दलीय गठबन्धनभित्र हालसम्म बारा २, चितवन २ र तनहुँ १ मा उठाइने साझा उम्मेदवारबारे अहिलेसम्म कुनै निर्णय भइसकेको छैन। जसपाले बारा २ का लागि औपचारिक रूपमा उम्मेदवारको घोषणा नगरे पनि जनमतले सार्वजनिक रूपमै उम्मेदवारी दिने घोषणा गरेको छ। यसले गर्दा पनि जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष राउतबीच अन्तरद्वन्द्व रहेको पुष्टि हुन्छ। 
राउतले मधेसमा मुख्य प्रतिस्पर्धीका रूपमा यादव र उनको पार्टी जसपालाई मान्दै आएका छन्। जसपालाई कमजोर नबनाएसम्म जनमत मधेसमा बलियो हुन नसक्ने राउतको ठम्याइ छ। 

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राउतलाई २४ फागुन २०७५ मा मूलधारको राजनीतिमा ल्याएका थिए, जतिबेला जसपा अध्यक्ष उपेन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। अझ ७ भदौ २०७५ मा मन्त्रीको हैसियतमा यादव बर्दिया जाँदा राउतका कार्यकर्ताले कालो झन्डा देखाएका थिए। कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका राउतका कार्यकर्ता राममनोहर यादवको थुनामै मृत्यु भएपछि यादव–सीके राउत सम्बन्ध झनै धुमिल बनेको ठानिएको थियो। 
महन्थ ठाकुर नेतृत्वको लोसपालाई साथमा लिएर राउतले अध्यक्ष यादवविरुद्ध गठबन्धन गर्ने निर्णय गरेपछि उपेन्द्रलाई बारा २ को उपचुनाव महँगो पर्ने देखिन्छ। 
अघिल्लो चुनावमा मधेस प्रदेशमा मधेसी दलमध्ये सबैभन्दा लोकप्रिय पार्टी सीके राउत नेतृत्वको जनमत भएको छ। समानुपातिकतर्फको मतअनुसार जनमतले मधेस प्रदेशमा तेस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा कांग्रेस र दोस्रोमा एमाले रहेका छन्। 
जनमतले मधेस प्रदेशमा ३ लाख २९ हजार १७७ समानुपातिक मत ल्याउँदा जसपाले २ लाख ९८ हजार ७७४ मत मात्र ल्याएको छ। जनमतले जसपाभन्दा ३० हजार ४०३ मत बढी ल्याएको हो। 

मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ जनमतले एउटा मात्र सिट जितेको छ भने प्रदेशसभातर्फ ६ वटा सिट जितेको छ। यादव नेतृत्वको जसपाले प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ ९ सिट जितेको छ। जनमतले मधेस प्रदेशको समानुपातिकतर्फ सबैभन्दा बढी मत सप्तरीमै ल्याएको छ। यसो हुनुको कारणमा राउत सप्तरी २ बाटै निर्वाचित हुन्। 

केन्द्रमा सरकारमा गइनसके पनि दस दलीय गठबन्धनमा आबद्ध जसपाले उपराष्ट्रपति, मधेस प्रदेशमा मुख्यमन्त्री पाएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले आगामी बारा २ को उपनिर्वाचनमा उपेन्द्रलाई हराउन अहिलेदेखि नै तयारी थालेका छन्। बारामा जसरी पनि निर्वाचन जित्ने रणनीति बनाउने तयारीमा रहेको जसपाले अध्यक्ष उपेन्द्रलाई सकभर गठबन्धनको साझा उम्मेदवार बनाउन कोसिस गरिरहेको छ। तर हालका लागि उपेन्द्र साझा उम्मेदवार बन्ने संकेत  देखिँदैन किनभने उनका विरुद्ध जनमत र लोसपाले छिट्टै उम्मेदवारी घोषणा गर्ने बताइसकेका छन्।

बारा २ जसपाका अध्यक्ष यादवविरुद्ध जनमत र लोसपाले मोर्चाबन्दी गर्ने भएका छन्। जसपाका नेताले जति प्रयास गरे पनि यादव बारा २ मा १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नसक्ने ठोकुवा जनमत पार्टीका महासचिव चन्दन सिंहले गरे। ‘बारा २ मा हामी कुनै पनि अवस्थामा उम्मेदवार दिन्छौं। हामी मित्रवत् प्रतिस्पर्धा गर्छौं,’ सिहंले भने, ‘बारा २ मा हामीले पनि उम्मेदवारी दिने भएपछि उहाँ (यादव ) सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्न सक्नुहुन्न।’

प्रकाशित: Mar 25, 2023| 13:08 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...