बिहीबार, जेठ १८, २०८०

अबको निर्वाचन कांग्रेस एक्लैले लड्छ : गगन थापा

२०८४ को निर्वाचनमा कांग्रेस एक्लैले १६५ वटै चुनावी क्षेत्रमा उम्मेदवारी दिने महामन्त्री थापाको दाबी।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– आगामी २०८४ को आमनिर्वाचन नेपाली कांग्रेस एक्लैले लड्ने दाबी महामन्त्री गगन थापाले गरेका छन् ।
शनिबार कांग्रेस क्षेत्रीय समितिले भैरहवामा गरेको छलफलमा महामन्त्री थापाले २०८४ को निर्वाचनमा कांग्रेस एक्लैले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताएका हुन्।

Everest Bank

उनले भने, ‘अब कांग्रेसलाई जराबाटै बलियो बनाउनुपर्छ। २०८४ मा जति वटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ। ८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको कांग्रेसले अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्छ।’

उनले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भई बनेको नेकपा विभाजन र संसद् विघटनकै कारण गठबन्धनको संस्कृतिले बढावा पाएको दाबी गरे। उनले पार्टीको भन्दा तीन गुणा बढी गठबन्धनको बैठकमा बस्नु परेपछि जनताबाट असन्तुष्टि आउनु स्वाभाविकै भएको औंल्याए। 

उनले भने, ‘अहिले कुनै क्षेत्र राम्रो छ भन्ने अवस्था छैन। यस्तो बेला सरकारले जनतालाई राहत दिन सक्नुपर्छ। जनताको असन्तुष्टि सम्बोधन नगरे सरकारको अलोकप्रियता झनै बढ्छ।’

प्रकाशित: Mar 25, 2023| 12:20. 00 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड–नरेन्द्र मोदी वार्ता सुरु

प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलसहित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धी समाधिस्थलमा चढाए पुष्पगुच्छा

प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्।