शुक्रबार, जेठ १, २०८३

गठबन्धनबिनै उपनिर्वाचन लड्ने रास्वपाको तयारी

रास्वपा केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा गठबन्धन नगरी तीन वटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको हो। 
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा गठबन्धनबिनै लड्ने निर्णय गरेको छ।

National life

पार्टी केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा गठबन्धन नगरी तीन वटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले बताए। चितवन २ बाट रास्वपा सभापति लामिछानेले उम्मेदवारी दिने निश्चित भएको छ।

तनहुँ १, चितवन २ र बारा २ मा १० वैशाखमा  उपनिर्वाचन हुँदै छ। उम्मेदवार छनोटका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय भएको रास्वपा महामन्त्री ढकालको भनाइ छ।

रास्वपाले चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी र बारामा केन्द्रीय सदस्य गणेश कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ।

प्रकाशित: Mar 25, 2023| 11:50 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...