सोमबार, वैशाख २८, २०८३

साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी

 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

National life

दाङ- दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन्।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अङ्ग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताए। “बालबालिकाको अङ्ग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ”, उनले भने, “उहाँहरु दुई महिना बसेर शिक्षा दिनुहुनेछ।”  

अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर–६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ। थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहेका छन्। उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ।

प्रकाशित: Mar 25, 2023| 07:27 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्