आइतबार, वैशाख १३, २०८३

प्रदेश नामकरणका विषयमा विवाद आवश्यक छैन : अध्यक्ष ओली

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

National life
kumari

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन्।

बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कोशी प्रदेशको नामकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारे।

“प्रदेशको नामाङ्कन ठीक ढङ्गले भएको छ”, उनले भने, “मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको हो त्यसमा कसैले आपत्ति जनाउनुहुँदैन।” वातावरण, नदी प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको भन्दै उनले भने, “कोशी प्रदेश उपयुक्त छ। अब नामका विषयमा आन्दोलन, जुलुस गर्नु बेकार छ।”

प्रकाशित: Mar 24, 2023| 20:44 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...