मंगलबार, मंसिर १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, सरकारमा जाँदै कांग्रेस

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, सरकारमा जाँदै कांग्रेस

११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन्। 
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं– मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपल्ट बागमती प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार ११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन्। 

National life

विश्वासको मतको विपक्षमा १७ मत परेको छ भने ७ सांसद तटस्थ बसे। मुख्यमन्त्रीले कम्तीमा ५६ सांसदको समर्थन पाउनुपर्नेमा ६७ सांसदले समर्थन गरेका छन्। जम्कट्टेललाई कांग्रेस, नेकपा एस र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन्। मुख्यमन्त्री नियुक्त भएको तीन महिना नपुग्दै उनले दोस्रोपल्ट विश्वासको मत पाएका हुन्।

प्रदेश सरकारमा सहभागी राप्रपाका ३ मन्त्रीहरुले १३ फागुनमा राजीनामा दिएर सरकारको समर्थन फिर्ता लिएका कारण अल्पमतमा परेका जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन्।

२५ पुसमा मुख्यमन्त्रीमा नियुक्त जमकट्टेलले ३ माघमा पहिलोपल्ट विश्वासको मत लिएका थिए। जम्कट्टेललाई एमाले र राप्रपाले विश्वासको मत दिएनन्।
प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेस जम्कट्टेलको सरकारमा जाने भएको छ। कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने बताएका हुन्।
प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।


 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 24, 2023| 16:11 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...