बिहीबार, फागुन २८, २०८२

क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताएका छन्।
विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको भन्दै त्यस अभियानलाई सरकारले आवश्यकपर्ने स्रोत र साधन व्यवस्थापन गर्ने बताएका हुन्।

National life

‘नेपाललाई क्षयरोगमुक्त अभियानका लाग आवश्यक नीति, रणनीति तथा योजना बनाई स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहबाट आर्थिक वर्ष २०७८/७९ बाट कार्यान्वयन आइसकेको छ’, प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भनेका छन, ‘यस अभियानलाई आगामी वर्ष सय स्थानीय तह र चार वर्षभित्रमा सात सय ५३ वटै स्थानीय तहमा विस्तार गरिनेछ।’

प्रधानमन्त्री दाहालले क्षयरोग अन्त्यका लागि गरिएको प्रतिबद्धता पनि पूरा गर्ने सरकार कटिबद्ध रहेको बताए।

‘क्षयरोग निवारण कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गरी क्षयरोगमुक्त नेपालको निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवर्द्धन गरी क्षयरोगविरूद्धको अभियानलाई द्रुतगतिमा अघि बढाइनेछ’, प्रधानमन्त्री दाहालले भने।

क्षयरोगमुक्त नेपाल बनाउने अभियानमा साथ दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्था, दातृ निकाय र अन्य सरोकारवालाको सहयोग गर्न प्रधानमन्त्री दाहालले अपिल गरेका छन।

Laxmi sunrise bank
kumari

आज नेपालसहित विश्वभरि विश्व क्षयरोग दिवस मनाइँदै छ। नेपालमा पनि  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको छ। नेपालमा हरेक वर्ष नयाँ तथा पुरानो गरी करिब एक लाख १७ हजार क्षयरोगका बिरामी हुने गर्दछन्।

प्रकाशित: Mar 24, 2023| 13:05 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्