बिहीबार, फागुन २८, २०८२

नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुग्यो

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। 
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं– १२औं राष्ट्रिय जनगणना प्रतिवेदन २०७८ अनुसार नेपालको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ। यो २०६८ जनगणनाभन्दा १०.८ प्रतिशतले बढी हो।

National life

शुक्रबार सार्वजनिक गरिएको जनगणनामा ५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका मानिसको संख्या २ करोड ६६ लाख ७५ हजार ९७५ रहेको छ। यीमध्ये २ करोड ३ लाख ४१ हजार ६२३ जनाले पढ्न र लेख्न जानेका छन्। सार्वजनिक विवरणअनुसार यो कुल जनसंख्याको ७६.२ प्रतिशत हो।

यस्तै, पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। २०६८ को गणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो भने पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो।

सरकारले २०६५ मै दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने रणनीति बनाए पनि दशक बित्दासमेत उन्मूलन हुन सकेको छैन
जनगणनाअनुसार सहरी क्षेत्रको ७८.५ प्रतिशत जनसंख्या साक्षर छ भने गाउँपालिका क्षेत्रका ७१.९ प्रतिशत जनसंख्या साक्षर छ।

यस्तै, साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसले लेख्न, पढ्न नजानेको जनगणना प्रतिवेदनमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 24, 2023| 12:32 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्