सोमबार, वैशाख २८, २०८३

एकै दिन १७ जनामा कोरोना संक्रमण देखियो

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ। शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो।

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए। चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो। 

सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ। आज ३० जना सक्रिय सङ्क्रमित रहेका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए।

‘भारतमा सङ्क्रमण बढिरहेको छ। भारतबाट सङ्क्रमित नेपाल आइरहेका छन्’, उनले भने, ‘हिजोमात्र सीमानाकाबाट सात सङ्क्रमित नेपाल आएका छन्।’ उहाँले खुला सीमाबाट सङ्क्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताउनुभयो। उहाँले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।

प्रकाशित: Mar 23, 2023| 21:09 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्