बिहीबार, वैशाख १३, २०८१

सरकारमा नेतृत्व गर्ने अवसर पाउलान् देउवाका विश्वासपात्र महतले ?

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको सूची बाहिर ल्याउने तयारी। नाम छनोट विवादरहित बनाउन पार्टी नेताहरूसँग परामर्श गर्दै सभापति देउवा।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- सभापति शेरबहादुर देउवा निकट मानिने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने करिब–करिब निश्चित भएको नेताहरुले बताएका छन्।

triton college

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने चर्चा पनि उत्तिकै छ। तर सभापति देउवाले आफू निकट महतलाई कांग्रेसको नेतृत्व गर्दै प्रचण्ड सरकारमा सहभागी गराउने तयारी थालेको बताइएको छ। यद्यपि खड्का पनि देउवा निकट नै हुन्।

प्रचण्ड सरकारमा पार्टीबाट पठाउने मन्त्रीहरूको नाममा विवाद कम आओस् भन्ने उद्देश्यले देउवाले पार्टीका शीर्ष नेताहरूसँग परामर्श गरिरहेका छन्। महतको नेतृत्वमा मन्त्रीहरु पठाए विवाद हुने अपेक्षामा सभापति देउवा छन्। 

प्रधानमन्त्री प्रचण्डले पनि सभापति देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिसकेका छन्। भेटमा प्रचण्डले कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको लिस्ट छिटो बुझाउन देउवालाई आग्रह गरेको बुझिएको छ।

मन्त्रालयमा मन्त्रालय बाँडफाँटको टुंगो नलागिसके पनि प्रचण्ड र देउवाले सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेतासँग मन्त्रिपरिषद् विस्तारबारे पुनः छलफल गर्ने भएका छन्। बुधबार बसेको दस दलीय गठबन्धन बैठकमा पनि मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो। तर बैठकमा सहभागी नेताहरू मन्त्रालय बाँडफाँटको सहमति नजिक पुग्न भने सकेनन्।

corrent noodles
Metro Mart

प्रधानमन्त्री प्रचण्डले १३ चैतभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने जानकारी गठबन्धन दलको बैठकमा गराएको कांग्रेस प्रवक्ता महतले बुधबार नै बताएका थिए।

बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा अड्को नथाप्न गठबन्धनमा आबद्ध दलका नेताहरूसँग आग्रह गरेका थिए।  सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा प्रचण्डले मन्त्रालय नेतृत्वविहीन हुँदा काम गर्न असहज भएको विषय प्रवेश गराएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताएका थिए। 

बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मन्त्रिपरिषद् विस्तारबारे छलफल सुरु भएकाले छिट्टै मन्त्रालय बाँटफाँटको टुंगो लगाएर निष्कर्षमा पुग्ने विषयमा शीर्ष नेताहरू सहमत भएको बताउँछन्। उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले गठबन्धनभित्र मन्त्रालय बाँडफाँट छिटो टुंग्याएर मन्त्रिपरिषद् विस्तारमा सहयोग गर्ने आशय व्यक्त गर्नुभयो। बैठकमा सहभागी सबै नेताहरूले समर्थन जनाउनुभयो। अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ।

प्रधानमन्त्री प्रचण्डले ६ चैतमा ११ दलबाट विश्वासको मत पाएपछि १० चैतभित्र मन्त्रिपरिषद् विस्तार गरिने बताएका थिए। तर सत्तारुढ दलहरूबीचमै धेरै मन्त्रालयमा मागदाबीमा आएपछि भागबन्डाको किचलोका कारण शुक्रबार पनि मन्त्रिपरिषद् विस्तार नहुने संकेत देखिएको छ। यद्यपि आजको गठबन्धन दलको बालुवाटार बैठकमा मन्त्रालय भागबन्डामा कुरो मिले मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताइन्छ। 

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका ११ वटै दलले मन्त्रालय बाँडफाँटमा सम्मानजनक हिस्सेदारी खोजेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको कांग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन्। विश्वासको मत दिने दलहरूको संख्या र सरकारमा जान चाहेका दलहरू धेरै भएका कारण मन्त्रिपरिषद् विस्तार अझ केही दिन पर धकेलिने उनको दाबी छ। महामन्त्री थापाले भने, मन्त्रिपरिषद् विस्तार एकदमै गाह्रो छ। थोरै मन्त्रालय छन्। धेरै दल छन्। दलहरूभित्र पनि आकांक्षी धेरै छन्। त्यसैले केही दिन लम्बिन सक्ने देखिन्छ।’

मन्त्रिपरिषद् विस्तारबारे बुधबारदेखि सुरुआती छलफल थालिएकाले अब त्यसलाई टुंग्याउनुपर्नेमा सबै शीर्ष नेताहरू सहमति नजिक पुगेको बालुवाटार बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले दाबी गरे। उनले भने, ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको छ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा आबद्ध सबै दलले मन्त्री हुनेहरूको नाम छनोट गर्न थालेका छन्। ती नाम प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार गर्नेबारे मोटामोटी सहमति भएको छ।’ यद्यपि उनले सरकारलाई विश्वासका मत दिएका दलमध्ये कसले कति र कुन–कुन मन्त्रालय लिने भन्नेबारे बैठकमा छलफल नभएको बताए।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति देउवा, उपसभापति खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। 

प्रकाशित: Mar 23, 2023| 14:39 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...