बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री प्रचण्डलाई जनता नतर्साउन सचेत गराएका छौं: गगन

नागरिकलाई तर्साउन थालेकै कारण प्रधानमन्त्री डराउनुपर्ने बेला आएको महामन्त्री थापाको जिकिर।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं– विगत केही दिनदेखि नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट नागरिकलाई तर्साउने काम भइरहेकाले त्यसो नगर्न कांग्रेसले सचेत गराइसकेको महामन्त्री गगनकुमार थापाले बताएका छन्।

triton college

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकलाई तर्साउन थालेकै कारण प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। 

प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने उनको बुझाइ छ।

महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीले नागरिक तर्साउनेतिर  नलागी देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्छ। प्रधानमन्त्री प्रचण्ड र उनको पार्टीको विरोध गर्नेहरुलाई धम्की दिनु प्रजातन्त्र विरोधी काम हो। प्रजातन्त्रमा नागरिकको बोल्ने स्वतन्त्रतामाथि धावा नबोल्न कांग्रेसले प्रचण्डलाई सचेत गराएको छ।’ 

प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनुको कारण जनताले अविश्वास गरेको हुन सक्ने उनको अनुमान छ। 

corrent noodles
Metro Mart

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको छु भनेर जथाभावी गर्ने छुट नभएको थापाले चेतावनी दिए।

‘म साँच्चिकै डराएको छु। प्रधानमन्त्रीलाई पटक– पटक भनेको छु, नागरिकलाई नतर्साउनुस्। तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ। जनता तर्साएर बलियो बनिँदैन भनेर सुझाएको छु,’ थापाले भने। 

प्रजातन्त्रमा कुर्सीमा बसेको प्रधानमन्त्री नै जनतासित डराउनुपर्ने अवस्था आउनु भनेको अविश्वास र निरास दुवै रहेको उनले दाबी गरे।

‘प्रधानमन्त्रीले दायाँ हेरे पनि भोट, बायाँ हेरे पनि भोट मसँग छ भन्दै गए टाउको टाउको मात्रै बाँकी रहन्छ। हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ। यति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइनँ। यतिधेरै मानिस निरास भएको देखेको थिइनँ,’ उनले भने।

महामन्त्री थापाले भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने औंल्याए।

प्रकाशित: Mar 23, 2023| 12:22 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...