बिहीबार, फागुन २८, २०८२

शिक्षक सेवा आयोगले प्रावि तहमा खोल्यो ६ हजार १३ पदमा विज्ञापन

शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको छ। ८ वैशाख २०८० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सकिनेछ। १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सकिनेछ। 

National life

लिखित परीक्षा सामान्य तर्फको २० जेठ २०८० मा हुनेछ। सामान्य विषयको नतिजा सार्वजनिक भएपछि विषयगत परीक्षाको मिति तोकिने आयोगले जनाएको छ।  

आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमित शिक्षा उत्तीर्ण (कक्षा १२) वा सो सरहको परीक्षा (कम्तिमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ। 

त्यस्तै प्राथमिकत तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ। यो विज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा हुनेछ। लिखित परीक्षा एकैदिन एकै समयमा हुने हुँदा कुनै पनि उम्मेदवारले एक जिल्लामा मात्र दरखास्त फाराम भर्न सकिनेछ । 

सबैभन्दा कोशी प्रदेश अन्तर्गतका जिल्लाका १ हजार ३५५ सिटमा विज्ञापन आह्वान गरिएको छ।  आयोगले मधेश प्रदेशमा १ हजार ११७, बागमती प्रदेशमा १ हजार २४१, गण्डकी प्रदेशमा ८६१, लुम्बिनी प्रदेशमा ५३८, कर्णाली प्रदेशमा ४७२ र सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाका लागि ४२९ सिटका लागि विज्ञापन आह्वान गरेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 23, 2023| 11:32 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्