शनिबार, चैत ११, २०७९

लुम्बिनीमा सत्ता पक्षका सांसद बिना नै प्रदेशसभा सञ्चालन

लुम्बिनी प्रदेशसभामा सरकार र सत्ता पक्षका सांसद बिना नै बैठक सुरु भएको छ। प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

National life insurance
worldlink

बुटवल– लुम्बिनी प्रदेशसभामा सरकार र सत्ता पक्षका सांसद बिना नै बैठक सुरु भएको छ। प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ। कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाले सरकारका मन्त्री र सत्ता पक्षका सांसद बिना नै बैठक हुनु संसदीय इतिहासमै पहिलो रहेको बताए। उनले भने, ‘सदनमा आज हामीले विचित्र अवस्था देखेका छौं। न सत्तापक्षका कुनै सांसदको इतिहास छ, न सरकारका मन्त्रीको।’

उनले बैठकमा मुख्यमन्त्री पोखरेल आएर प्रस्तावमा फेस गर्नुपर्नेमा त्यसो गर्न नसकेको भन्दै आपत्ति जनाए। उनले भने, ‘सत्तामा कमजोर भएपछि नैतिकताले पनि दिँदैन। राष्ट्रिय राजनीतिमा समेत दखल राख्ने पोखरेलमाथि धेरै विश्वास गरेका थियौं।’ मुख्यमन्त्री पोखरेलले राजीनामा दिए पनि प्रदेश प्रमुखबाट संसद्मा जानकारी आएको छैन। मुख्यमन्त्री पोखरेलले आठ–दस दिनअघि नै राजीनामा दिएको भए उनको राजनीतिक उचाइ निकै चुलिने कनोडियाको भनाइ छ। पोखरेलले पनि ओली पथ नै अवलम्ब गरेको उनको भनाइ छ।


प्रकाशित: Aug 11, 2021| 02:21. 00 बुधबार, साउन २७, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।