धनगढी- धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी मतदान जारी रहेको छ।
कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा छन्।
यहाँ मिलन बिक, खगेद्रप्रसाद अवस्थी, ध्रुवराज न्यौपाने र बमबहादुर विकले पनि उम्मेदवारी दिएका छन्। जोशी एमाले र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार भएका छन्। कैलाली बहुमुखी क्याम्पसमा ४ हजार ३४५ मतदाता रहेका छन्। अहिलेसम्म ८ सय भन्दा बढी मत खसी सकेको बताइएको छ।