बिहीबार, वैशाख १३, २०८१

आज १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ। केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन हुन लागेको हो।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ। केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन हुन लागेको हो।

triton college

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा पनि नयाँ स्ववियु नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। यहाँ नेकपा एमाले सम्बद्व अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी पार्टीको अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ। अन्य संगठनले एकल उम्मेदवारी दिएका छन्।

कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुका यमराज जोशी, नेविसंघका हरिस खत्री, अखिल क्रान्तिकारीका पवन सुनारसहितका ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्ता हुन सकेन। केन्द्रीय क्याम्पसले अगामी २१ गते नयाँ मिति तय गरेको छ। अन्य क्याम्पस भने निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफलमै रहेका छन्।

प्रकाशित: Mar 22, 2023| 07:30 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...