बुधबार, जेठ २४, २०८०
  • गृहपृष्ठ
  • खेलकुद
  • तिलोत्तमा गोल्डकप : नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

तिलोत्तमा गोल्डकप : नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

बुटवल- बुटवलमा जारी तिलोत्तमा गोल्डकपको २२औँ शृङ्खलाअन्तर्गतको आजको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल प्रहरीको टिमलाई पराजित गरेको छ। 

Everest Bank

बुटवलमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी २–१ गोल अन्तरले विभागीय टिम नेपाल प्रहरीलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो।

मनाङ मर्स्याङ्दी क्लबले खेलको पहिलो हाफमा २ गोल गरेको थियो। दोस्रो हाफमा नेपाल पुलिस क्लबले १ गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्‍याएको थियो। नेपाल पुलिसले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन। खेलमा पहिलो हाफको ३२ औँ मिनेटमा मनाङ मर्स्याङ्दीका प्रसन्न श्रेष्ठले पहिलो गोल गर्न सफल भएका थिए भने पहिलो हाफको इन्जुरी समयमा चेतनकुमार थारुले रिवाउन्ड सटमा दोस्रो गोल गर्न सफल भएका थिए। आजको खेलमा मनाङ मर्स्याङ्दीका अनिश पोमु लिम्बू र कप्तान जीवन गुरुङले पहेँलो कार्ड पाएका थिए।

नेपाल पुलिसका लागि खेलको दोस्रो हाफमा बुद्धबल तामाङले एक गोल फर्काएका थिए। उनले दोस्रो हाफको १६ औँ मिनेटमा गोल गरेका थिए। नेपाल पुलिसका मनोज राई र कृष्ण गुरुङले पहेँलो कार्ड पाएका थिए।

आजको खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै मनाङ मर्स्याङ्दीका चेतनकुमार थारुले रु ११ हजार एक सय ११ प्राप्त गरे। योसँगै भोलिदेखि सेमिफाइनलको खेल सुरु हुनेछन्। भोलिको पहिलो सेमिफाइनल खेल आयोजक रुपन्देही ११ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको सुदूरपश्चिम ११ र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थ्री स्टार क्लबबीच हुनेछ।

Metro Mart
worldlink

रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित आठ टिम सहभागी भएको प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ। गोल्डकपको उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने छ।
 

प्रकाशित: Mar 21, 2023| 09:35. 00 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

आगामी ६ असोजदेखि चीनको होङझावमा आयोजना हुने १९औं एसियाली स्पर्धामा नेपालले २९ खेलमा भाग लिने तयारी।

टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो।

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।