शुक्रबार, फागुन १, २०८२

मण्डेकाजी प्यारागन स्कुलको ब्रान्ड एम्बेस्डर  

 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ तिलगंगास्थित प्यारागन स्कुलको ब्राण्ड एम्बेस्डर बनेका छन्। 
‘उहाँले मुलुकका लागि पुर्‍याउनुभएको योगदानलाई कदर गर्दै काठमाडौंको तिलगंगास्थित प्यारागन पब्लिक स्कुलले दुई वर्षका लागि ब्रान्ड एम्बेडरमा नियुक्त गरेको छ,’ स्कुलले आयोजना गरेको प्रेस विज्ञप्तिमा लेखेको छ।

सो नियुक्तिसँगै मण्डेकाजी श्रेष्ठज्लाई स्कुलले मासिक रूपमा तलब दिनुका साथै उनलेले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा विद्यालयले सहयोग गर्नेसमेत सहमति भएको स्कुलले जानकारी दिएको छ। सहमतिपत्रमा हस्ताक्षर गर्दै विद्यालयका तर्फबाट विद्यालयकी प्रधानाध्यापक श्रीमती बिना बानु तथा प्रबन्ध निर्देशक शाकीर उद्दिनले श्रेष्ठलाई विद्यालको ब्रान्ड एम्बेसडरमा नियुक्त गरी विद्यालयमा आबद्ध गराउन पाएकामा आफूहरूलाई अत्यन्तै खुसी लागेको बताएका छन्। 
साथै मण्डेकाजी श्रेष्ठले यस विद्यालयको ब्रान्ड एम्बेसडर बनेर विद्यालयलाई सहयोग गर्न पाएकामा आफूलाई पनि धेरै नै खुसीको महसुस भएको बताए। उनले भने, ‘प्यारागन पब्लिक स्कुलले मलाई विद्यालयको खेलकुदको विकास गर्ने कार्यका साथै शैक्षिक गतिविधिमा समेत संलग्न गराई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेकामा म विद्यालयप्रति हाद्धिक कृतज्ञता व्यक्त गर्दछु।’

प्रकाशित: Mar 21, 2023| 15:45 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।