शुक्रबार, जेठ १, २०८३

सभामुख घिमिरेले फिर्ता लिए विवादास्पद टिप्पणी

३ चैतमा महासंघ अध्यक्ष र पदाधिकारीसँगको भेटमा पत्रकारबारे दिएको टिप्पणीले विवाद निम्तिएपछि सभामुख घिमिरेले लिए फिर्ता।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं– ‘पत्रकारहरु बिक्रीमा छन्’ अभिव्यक्ति दिएर विवादमा तानिएका सभामुख देवराज घिमिरेले आफ्नो भनाइ फिर्ता लिएको घोषणा गरेका छन्। ३ चैतमा नेपाल पत्रकार महासंघ अध्यक्ष र पदाधिकारीसँगको भेटमा पत्रकारबारे दिएको टिप्पणीले विवाद निम्तिएपछि सभामुख घिमिरेले मंगलबार अध्यक्ष विपुल पोखरेलसहितलाई भेटेर आफ्नो विवादित भनाइ फिर्ता लिएको बताएका हुन्। 

National life

सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि महासंघले विज्ञप्ति निकालेरै फिर्ता लिन चेतावनी दिएको थियो।

सभामुख घिमिरेले महासंघ पदाधिकारीसँग सोमबार आफूले नियतवश र पत्रकारलाई चोट पु¥याउने उद्देश्यले टिप्पणी नगरेको दाबी गरे।

‘मेरो टिप्पणी त्यस्तो खाले नियतसहित थिएन। पत्रकारलाई चोट दिने हिसाबले भनेको पनि होइन। त्यसलाई दुर्घटनाको रुपमा मात्रै लिनुप¥यो भन्ने सद्भाव सभामुखबाट व्यक्त भयो,’ महासंघका महासचिव रोशन पुरीले भने।

प्रकाशित: Mar 21, 2023| 14:11 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...