बिहीबार, वैशाख १३, २०८१

माधव नेपाललाई प्रचण्ड सरकारमा जानेबारे अन्तिम निर्णय लिने जिम्मा

नेकपा एसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागिता जनाउन अन्तिम निर्णय लिने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सुम्पिएको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं– नेकपा एसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागिता जनाउन अन्तिम निर्णय लिने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सुम्पिएको छ।

triton college

मंगलबार नेकपा एसको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड सरकारमा सहभागिता जनाउनबारे अन्तिम निर्णय लिने गरी सुझाव दिन ३ सदस्यीय कार्यदल बनाएको हो। पार्टी अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल गठन गरिएको हो।

‘केन्द्र र प्रदेश सरकारका मन्त्रालयको बाँडफाँट एवं सरकारको एजेन्डाबारे बैठकमा छलफल भयो। एउटा मात्रै नभएर धेरै दलसँग छलफल गर्नु भएकाले नेकपा एसको कुन मन्त्रालयमा दाबी रहने भन्ने विषयमा कार्यदलले सुझाव दिनेछ’, पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने। 

संसद्बाट दोस्रो पटक विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव गठबन्धन दलभित्र राखेका छन्।

प्रकाशित: Mar 21, 2023| 14:02 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...