मंगलबार, वैशाख ३०, २०८२

गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे सडक शिलान्यास

प्रधानमन्त्री प्रचण्डले आफू निर्वाचित गोरखा २ को पालुङटार नगरपालिकास्थित पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका हुन्। 
 |  मंगलबार, चैत ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन क्षेत्र गोरखा पुगेर सडक स्तरोन्नतिको शिलान्यास गरेका छन्।

triton college

प्रधानमन्त्री प्रचण्डले मंगलबार पालुङटार नगरपालिकास्थित पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका हुन्। गोरखा २ मा पर्ने यो क्षेत्रबाट प्रधानमन्त्री प्रचण्ड संघीय सांसद निर्वाचित भएका थिए।

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, गोरखाबाट निर्वाचित कांग्रेस गण्डकी प्रदेश सांसद सुरेन्द्र पाण्डे पनि गोरखा पुगेका छन्। 

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा स्तरोन्नति गरिन लागेको सडकको लागत ८० करोड छ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विकासलाई गति दिन तीनै तहका सरकारबीच समन्वय बैठक डाक्ने तयारी भइरहेको बताए। उनले भने, ‘विकासलाई गति दिन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बृहत्तर बैठक छिट्टै आयोजना गर्दै छु।’ सडक बनाएर मात्रै विकास र रोजगारी नहुने हँुदा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रसँग सडक जोड्न सक्नुपर्ने उनको धारणा छ। 

National life insurance

प्रकाशित: Mar 21, 2023| 13:34 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...