बुधबार, साउन ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विलियम नोर्डहस

लन्डन- यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्रीहरू विलियम नोर्डहस र पौल रोमरलाई प्रदान गरिने भएको छ। दिगो विकासको क्षेत्रमा उनीहरूले दिएको योगदानको कदरस्वरूप दुवैलाई संयुक्त रूपमा विश्वको सबैभन्दा प्रतिष्ठित सम्मान दिइने घोषणा भएको हो।

जलवायु परिवर्तन र प्रविधिको विकासबाट अर्थव्यवस्था कसरी प्रभावित हुन्छ भन्ने विषयमा दुवै अमेरिकी अर्थशास्त्रीहरूले शोध गरेका छन्। पुरस्कार घोषणा गर्दै रोयल स्विडिस एकेडेमी अफ साइन्सका अनुसार दिगो विकासको लक्ष्य प्राप्त गर्ने तरिकाबारे उनीहरूले ‘वर्तमान समयका सबैभन्दा महत्वपूर्ण प्रश्नहरू’ शीर्षकको शोध गरेका छन्।

पौल रोमर

दुवैले ९० लाख स्विडिस क्रोनर अर्थात् १० लाख अमेरिकी डलरको उक्त पुरस्कार बाँडेर लिनेछन्। येल विश्वविद्यालयका प्राध्यापक नोर्डहसले अर्थव्यवस्था र जलवायुबीचको अन्तरक्रियाको वर्णन गर्दै आएका छन्। यस्तै, न्युयोर्क विश्वविद्यालयको स्टर्न स्कुल अप बिजनेसका प्राध्यापक रोमरले आर्थिक सामथ्र्यले कसरी नयाँ विचार र आविष्कारहरू उत्पादनका लागि फर्महरूको इच्छालाई नियन्त्रित गर्छ भन्‍ने प्रयोगात्मक ढंगले देखाएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।