बिहीबार, साउन ७, २०८३

सुख्खाग्रस्त क्षेत्रका बासिन्‍दाले ७५ सय पाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- प्रदेश १ का चार सुख्खाग्रस्त क्षेत्रका परिवारले प्रदेश सरकारबाट राहत पाउने भएका छन । प्रदेशका सुख्खाग्रस्त धनकुटाको चौबिसे गाँउपालिका, पाँचथरको तुम्बेवा र कुम्मायक गाँउपालिका र तेह्रथुमको छथर गाँउपालिकाका स्थानीयले राहत पाउने भएका छन । सोमबार साँझ बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । 

मन्त्रिपरिषदको निर्णयले सुख्खाग्रस्त क्षेत्रका प्रतिपरिवारलाई सात हजार पाँच सय रुपैयाँ नगद दिने भएको छ । यस्तैगरि, पाँचथरको तुम्बेवा गाँउपालिकामा खानेपानीको चरम समस्या समाधान गर्नलाइ खानेपानी बोक्ने एउटा ट्यांकरको लागी आवश्यक बजेट बिनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए ।

राहत कार्यक्रमको ३० प्रतिशत रकम स्थानीय सरकारले स्वामित्व लिने पनि मन्त्रिपरिषदले निर्णय गरेको मन्त्री आङ्बोले बताए । 

एक महिना अगाडि प्रदेश १ सरकारको गठन गरेको अध्ययन अनुसार राहत वितरण गरिन लागेको प्रदेश सरकारले बताएको छ । सुख्खाग्रस्त क्षेत्रको बारेमा दीर्घकालिन समाधानको लागी प्रदेश सरकारले थप कार्यक्रमहरु ल्याउने पनि मन्त्री आङ्बोले बताए । उनले भने, ‘चाडबाड आइरहेको अवस्थामा जनतालाइ केहि राहत दिनलाइ हामिले यस्तो निर्णय गरेका हौँ ।’ 

मन्त्री आङ्बोले सांसद निर्वाचित भएपछि नै आफू जुनसुकै ओहोदामा भएपनि सुख्खाग्रस्त क्षेत्रका स्थानीयलाइ सहयोग र राहत दिने प्रतिवद्धता गरेका थिए ।  सोमबार उनैको मन्त्रालयले पेश गरेको प्रस्तावमा मन्त्रिपरिषदले छलफल गर्दै यस्तो निर्णय गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।