शुक्रबार, जेठ १, २०८३

राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेलाई उन्मुक्ति

महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेलाई उन्मुक्ति दिने निर्णय गरेका हुन्।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दा नचलाउने निर्णय गरेको छ।

National life

महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेलाई उन्मुक्ति दिने निर्णय गरेका हुन्। जिल्ला सरकारी वकिलको कार्यालयबाट सिफारिस भएर आएको प्रतिवेदनअनुसार मुद्दा नचलाउने निर्णय भएको हो। 

अमेरिकी नागरिकको हैसियतमा नेपाल आएर राहदानी लिएको भए पनि लामिछानेलाई मुद्दा नलाग्ने निर्णय जिल्ला प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च अदालत सरकारी वकिलको कार्यालयले गरेका थिए।

जिल्ला र उच्च अदालतको प्रतिवेदन महान्यायाधिक्ताकहाँ पुगेपछि सोमबार त्यहाँबाट पनि मुद्दा नचल्ने निर्णय भएको हो।

प्रकाशित: Mar 20, 2023| 19:05 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...