बुधबार, भदौ १०, २०८३

प्रधानमन्त्री थ्री नेशन कप फुटबल चैत ८ देखि 

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न तीन राष्ट्रको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। 

उनका अनुसार प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ।

उक्त प्रतियोगिताको लागि भुटान र लाओसका खेलाडी नेपाल आइसकेका छन्। सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन्। उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन्। 

त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ। त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ। उक्त प्रतियोगितको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ। 

त्यस्तै उक्त प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ पाँच सय र भिआईपीतर्फ एक हजार मूल्य तोकिएको छ। खेलको टिकट खल्ती एपबाट वा दशरथ रङ्गशालाकामा रहेको खल्तीका स्टलबाट किन्न सकिनेछ। उक्त प्रतियोगिताको लागि एक करोड ७५ लाख ६६ हजार चार सय ८० खर्च लाग्ने आयोजकले जनाएको छ।

प्रकाशित: Mar 20, 2023| 22:16 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।