शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • आज प्रधानमन्त्री प्रचण्डसहितको टोली गोरखा जाँदै, यस्तो छ कार्यक्रम

आज प्रधानमन्त्री प्रचण्डसहितको टोली गोरखा जाँदै, यस्तो छ कार्यक्रम

 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जाने भएका हुन्।

triton college

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि गोर्खा जाने छन्।

यस योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ। वूड हिल-लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ।

प्रकाशित: Mar 21, 2023| 05:36 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...