शुक्रबार, जेठ १, २०८३

विश्वासको मतमाथि मतदान हुँदै [LIVE]

प्रधानमन्त्रीले विश्वासको मत पाउन १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ। ११ दलका सबै सांसदले मतदान गरेमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउनेछन्। 
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतमाथि मतदान भइरहेको छ।

National life

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेससहित ११ दलले विश्वासको मत दिने तयारी गरेका छन्। नेकपा एमाले र राप्रपाले भने विश्वासको मत नदिने बताएका छन्।

प्रधानमन्त्रीले विश्वासको मत पाउन १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ। ११ दलका सबै सांसदले मतदान गरेमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउनेछन्। 

सांसदहरू प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्ष वा विपक्षमा मतदानका लागि जानेछन्। केहीबेरमा मतपरिणाम सार्वजनिक हुनेछ।

प्रकाशित: Mar 20, 2023| 17:30 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...