धनगढी-कैलालीको अत्तरीयास्थित लोटस्आई स्कुलमा अध्यनरत एक विद्यार्थीलाई वेहोस हुनेगरी कुटपिट गरेका छन् ।
गोदावरी नगरपालिका-१ घर भएका कक्षा ८ मा अध्यनरत हरिश भट्टलाई आईतवार विद्यालयका शिक्षक ऋषि भट्टले पिटेको उनका बुवा ठक्कर भट्टले आरोप लगाए।
‘शिक्षकले पिटेपछि हरिष बेहोस भएछ’ उनका बुवाले भने-‘देखिने चोट नभए पनि शरीरको पछाडीको भागमा चोट लागेको बताए ।’ बुवा भट्टले हरिशको प्रेसर समेत बढेको देखीएपछि आफुहरु डराएको बताए ।
उनलाई स्कुलबाट नै अस्पताल लगिएको थियो । सुबेदी क्लिनिकका डाक्टरले बच्चालाई बाहिर चोट नदेखिए पनि प्रेसर भने अकल्पनिय रुपमा बढेको बताए ।
त्यँहा उपचार नभएपछि हरिशलाई पद्मा अस्पताल लगिएको थियो । कक्षामा निदायपछि साथी सँग मुख धुन बाहिर गएका भट्टलाई कक्षामा आउन नदिएको र कक्षा सकिएपछि पिटेको हरिशले आफ्नो घरपरिवारलाई बताएका छन् ।
लोटल स्कुलमा यस अघि पनि यस्ता घटना हुँदै आएको अभिभाबकहरुले गुनासो गरेका छन् । स्कुल ब्यबस्थापनले गल्ती स्विकार गरेको र घटना मिलाई दिनु पर्यो भनेर भट्ट परिवार सँग हारगुहार गरेको छ ।
स्कुलका सन्चालक डम्मर पालले घट्ना दुखद भएको बताए । उनले विद्यार्थी पिटने कार्य राम्रो नभएको भन्दै आफुले शिक्षकहरुलाई सचेत गराएको बताए । हरिशको अबस्था अहिले सामान्य रहेको उनको परिवारले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४