बुधबार, साउन ६, २०८३

दुर्गा रायमाझीको ‘फर्क दाइ फर्क’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वरिष्ठ लोक सर्जक दुर्गा रायमाझीको नयाँ सृजना ‘फर्क दाइ फर्क’ सोमबार सार्वजनिक भएको छ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्ट, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले गीत सार्वजनिक गरेका हुन्। रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गीतमा विदेश रहेका नेपालीलाई स्वदेशमै फर्कन आव्हान गरिएको छ। 

उने गीतमार्फत् विदेशमा रहेकाहरूलाई फर्किएर स्वदेशमै केही गर्न आग्रह गरेका छन् :

नेपालबाट मगाई मगाई गुन्द्रुक ढिँडो खान्छौ
गुन्द्रुक ढिँडै खाने भए किन जापान जान्छौ 
फर्क दाइ फर्क, फर्क भाइ फर्क
हाम्रै नेपाल जापान हुन्छ दुई चार वर्ष पर्ख
दशैं, तिहार आउँदाखेरी घरसम्झेर रुन्छौ
बरबर आँशु झारी के परदेशी हुन्छौ
फर्क दाइ फर्क, फर्क भाइ फर्क


‘बटौलीमा निम्तो छ, मलाई जानुपर्छ’, ‘जोर मादल भिरेर’, ‘अचेल गाउँमा यस्तै छ सान्नानी’, ‘भैंसी पालेर’जस्ता गीतका सर्जक हुन्, रायमाझी। राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष र गीत–संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञसमेत हुन्, उनी।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।