मंगलबार, वैशाख ३०, २०८२

गठबन्धनमा भाग मिलाउन प्रधानमन्त्रीलाई 'प्रचण्ड' सकस

नयाँ सरकार बनेसँगै प्रधानमन्त्री प्रचण्डलाई भने भागवन्डा मिलाउन र वरियताक्रम मिलाउन निकै सकस हुने देखिएको छ।
 |  सोमबार, चैत ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन्। एमाले र राप्रपाबाहेक सबै पार्टीले दाहाललाई विश्वासको मत दिने बताइसकेका छन्।

triton college

अहिलेको गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी छन्। 

गत पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका दाहालले ३० दिनभित्रै विश्वासको मत लिएका थिए। तर बीचमा सत्ता समीकरण परिवर्तन भएर एमाले र राप्रपाले समर्थन फिर्ता लिएका कारण फेरि विश्वासको मत लिनुपरेको हो।

यसरी सत्ता समीकरण फेरिएर नयाँ समीकरण बनेसँगै कांग्रेसले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको छ। कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरूको चर्चा परिचर्चा सुरु भइसकेको छ। कांग्रेसले सरकारलाई विश्वासको मत दिने र संसद्मा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको छ।

कांग्रेसले १० मन्त्रालय दाबी गरे गरिरहेको छ। तर, कांग्रेसको भागमा ८ ओटा मन्त्रालय देखिएको छ। पार्टीबाट उपप्रधानमन्त्रीसहितको नेतृत्व गरेर जानेहरूको नाममा उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधि र प्रकाशमान सिंह चर्चामा छन्।

National life insurance

उपसभापति खड्काले भने सार्वजनिक रूपमै आफू अहिले मन्त्रिमण्डलमा सहभागि नहुने बताइसकेका छन्। तर, सभापति देउवाले उनकै नेतृत्वमा सरकारमा पठाउन चाहेको बताइन्छ।

नयाँ सरकार बनेसँगै प्रधानमन्त्री प्रचण्डलाई भने भागवन्डा मिलाउन र वरियताक्रम मिलाउन निकै सकस हुने देखिएको छ। उनकै पार्टीका नेता तथा प्रचण्डका विश्वसनीय पात्र अहिलेका उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्रचण्डपछिको वरियताक्रममा छन्। कांग्रेस सरकारमा सहभागी हुँदै गर्दा प्रचण्डले मन्त्री श्रेष्ठको वरियता पनि मिलाउनुपर्ने छ। 

त्यसपछिमात्र खड्का सरकारमा सहभागी हुने या नहुने भन्ने प्रस्ट हुनेछ। संस्थापनइतरका नेता डा. शेखर कोइराला पनि उपप्रधानसहित पार्टीबाट नेतृत्व गर्ने अवसर आए सहभागी हुने मनसायमा रहेको स्रोतले बताएको छ। यसका साथै अन्य दलका मन्त्रीका आकांक्षी र संख्या मिलाउन पनि प्रधानमन्त्रीले निकै कसरत गर्नुपर्ने देखिन्छ।

यतिबेला कांग्रेसबाट मन्त्री बन्ने प्रारम्भिक सूचीमा समेटिएका नेताहरूमा खड्का, सिंहसहित जीवन परियार, एनपी साउद, डा. शशांक कोइराला, किशोरसिंह राठोर, रामहरि खतिवडा, सीता गुरुङ, अजय चौरासिया, रमेश रिजाल, मोहन बस्नेत, प्रदीप पौडेल, डिगबहादुर लिम्बू छन्। महिलाबाट राज्यमन्त्रीमा सरीता प्रसाईंको नाम चर्चामा छ। पार्टीका दुवै महामन्त्रीहरू गगनथापा र विश्वप्रकाश शर्मा दुवै जनाको समर्थन प्रदीप पौडललाई रहेको बताइएको छ।

प्रकाशित: Mar 20, 2023| 10:25 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...