धनगढी- सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबारदेखि विद्युतीय हाजिरीको प्रयोग थालिएको छ।
कर्मचारीहरू कार्यालयप्रति जवाफदेही बनी समयमै उपस्थित हुन भन्ने उद्देश्यले हाजिरको प्रयोग थालिएको माननीय मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए। उक्त हाजिर प्रयोगमा आएपछि अब कर्मचारीहरू कार्यालयमा आए–नआएकोबारे सजिलै थाहा पाउन सकिनेछ।
उक्त हाजिरीको प्रयोगले कर्मचारीहरू कामप्रति उत्तरदायी बनी कार्य सम्पादनमा सहज हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४