शुक्रबार, जेठ १, २०८३

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ। सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी हुन्।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

वीरगन्ज- वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ। सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी हुन्। स्ववियूमा एक सदस्यबाहेक सभापतिसहित पदाधिकारी र सदस्यमा अखिल विजयी भएको छ।

National life

९१ मतसहित चौधरी सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत रोमिना श्रेष्ठले जानकारी दिइन्।

यस्तै सचिवमा अनेरास्ववियुकै सृष्टि तिमिल्सिना ८९ मत, कोषाध्यक्षमा अनेरास्ववियुकै अर्चना गुप्ता ९२ मत ल्याएर निर्वाचित भएकी छन्।

सदस्यमा अनेरास्ववियुकै मुना श्रेष्ठ र विवेक रानाभाट निर्वाचित भएका छन् भने अर्का एक सदस्यमा भने नेविसंघकी स्मृति थापा निर्वाचित भएकी छन्।

प्रकाशित: Mar 20, 2023| 08:30 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...