बुधबार, साउन ६, २०८३

लगानी भित्र्याउन कर्णालीले थाल्यो दातासँग छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत– कर्णालीको विकासमा लगानी प्रदेश सरकारले दाताहरुसँग छलफल भएको छ । सुर्खेत आइपुगेको विकास साझेदार निकायका अन्तर्राष्ट्रिय प्रमुखहरुसँग सरकारले सोमबार छलफल गरेका हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा कर्णालीको विकासका प्राथमिकता र सहयोगबारे कुराकानी भएको छ । 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दिएको जानकारी अनुसार कर्णालीका आवश्यकता र विकासको प्राथमिकता लगायतका विषयमा छलफल भएको छ । विकासका लागि प्रदेश सरकारले गरेका कामहरु, लगानीका लागि सरकारले अवलम्वन गरेको नीति लगायतका विषयमा छलफल भएको उनले बताए । 

‘छलफल सकारात्मक रहेको छ’ ज्वालाले भने ‘प्रदेश सरकार संघीय सरकार र दातृ निकायबीच समन्वय गरी अगाडी बढ्ने सरकारको निकर्ष छ ।’

छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका साथै प्रदेश सरकारका मन्त्री र सचिवहरु, यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डिएफआईडीका रुरिक मार्सडेन लगायत पदाधिकारीहरु सहभागी थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।