बुधबार, वैशाख १२, २०८१

बैंकर डंगोललाई इलाम स्वर्गकै टुक्रा लागेपछि...

डंगोल इलामलाई स्वर्गकै एक सुन्दर टुक्राको रूपमा चित्रण गर्छन्। पहिलो पटक कन्याम जाँदा आफूलाई स्वर्ग नै पुगेझैं| महशुस भएको उनले बताए।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- गौतम डंगोल 'सन्देश' ललितपुरमा जन्मिए। उनको बाल्यकाल त्यही बित्यो। अध्ययन गर्दै गए। सानैदेखि डंगोललाई गीत/संगीतप्रति औधि रुची थियो। त्यही रुचीका कारण उनले ८ कक्षादेखि नै गीत र कविताहरू रचना गर्न थाले। स्कुलमा हुने कार्यक्रम र साथीभाइ माझ उनी ती सिर्जना सुनाउँथे। सन्देशले अध्ययन पूरा गरे र बैंकिङ क्षेत्रमा काम गर्न थाले।

triton college

डंगोल सन् २०१० तिर सनराइज बैंकको ब्रान्च म्यानेजर भएर इलाम पुगे। उनले त्यहाँ एक वर्ष सेवा गरे। इलामको मनोरम प्रकृति, वातावरण र मानिसहरूको आत्मिय व्यवहारले उनलाई तान्यो। त्यही बेला आफूले देखेका दृष्यलाई डंगोलले गीतका माध्यमबाट शब्दहारमा गुथे। डायरीमा थन्किएको उक्त गीतलाई डंगोलले बजारमा ल्याउन खोजिरहेका थिए। तर, संयोग जुरेको थिएन।

केही समय पहिले उनले इलामकै स्थानीय गायक भिषण निरौला र झुमा निरौलाको स्वरमा ती शब्दलाई स्वरवद्ध गराए। त्यसपछि १५ जनाको टिमलाई इलाममै लगेर जहाँ-जहाँको उनले व्याख्या गरेका थिए त्यही ठाउँको दृष्यलाई सात दिन लगाएर भिडियोमा कैद गराए। र, शनिबार म्युजिक भिडियोसहित 'स्वर्ग सरी इलाम' बोलको गीत बजारमा आएको छ। 

'मैले गीतमा विभिन्न स्थानको बयान गरेको छु। त्यहाँका मानिसको असल बानीको बयान गरेको छु। त्यहाँको नगदेबाली अलैची र अम्लिसोको पनि गीतमा चर्चा गरिएको छ। इलामलाई पर्यटकीय क्षेत्रको उपयुक्त धरोहरका रूपमा विकास गर्न हाम्रोतर्फबाट पनि धोरै योगदान पुगोस् भनेर मैले यो जमर्को गरेको हुँ', नेपाल समयसँग कुरा गर्दै उनले भने। उनले पर्यटकीय क्षेत्रको मात्रै ब्याख्या गर्दा दिक्क लाग्न सक्छ भनेर प्रेमका कुराहरू पनि गीतमा समाहित गरेका छन्।

swarga-sari-ilam-song1679207839.jpg

corrent noodles
Metro Mart

काठमाडौंमा मानिसहरू बेरोजगार भए पनि इलाममा त्यतिधेरै बेरोजगार नरहेको उनको बुझाइ छ। त्यहाँको नगदेबालीले मानिसलाई उद्यमशील बनाउन सहयोग गरिरहेको डंगोल बताउँछन्।

कोरोना महामारीपछि नेपालमा पर्यटकको आगमन घटिरहेको अवस्थामा सबैले विभिन्न माध्यमबाट बिभिन्न क्षेत्रको प्रचार गर्न जरुरी रहेको उनी औंल्याउँछन्। यसो गर्न सके पर्यटकको आगमन बढ्ने र आर्थिक अवस्था चलायनमान हुने डंगोलले बताए।

'दार्जिलिङ, सिक्किम त्यही सिमानामा छन्। भारततर्फ पर्यटक आउन थालिसकेका छन्। तर, हाम्रोमा भने कोरोनाको प्रभाव अझै कायमै छ। इलाम धेरै राम्रो हुँदा पनि प्रचारप्रसारको अभावले पर्यटक आउन सकिरहेका छैनन्। हामीले यो गीतमा त्यहाँका सुन्दर र मनोरम स्थालका दृष्य कैद गरेका छौं। यो देशविदेशमा पुर्याउन सके पर्यटकको आगमनमा टेवा पुग्ने विश्वाम मेरो छ,' उनले भने। अहिले गीत हेरिरहेका मानिसहरूले यो एक पटक पुग्नैपर्ने ठाउँ रहेछ भनेर आफूलाई प्रतिक्रिया दिइरहेको उनले सुनाए।

डंगोल इलामलाई स्वर्गकै एक सुन्दर टुक्राको रूपमा चित्रण गर्छन्। पहिलो पटक कन्याम जाँदा आफूलाई स्वर्ग नै पुगेझैँ महशुस भएको उनले बताए। 'मलाई पहिलो पटक कन्यामको बाटोमा जाँदै गर्दा यदि संसारमा स्वर्ग कतै छ भने यही हो भन्ने महशुस भएको थियो। हरहर आइरहेको चिया बगानको मिठो वास्नाले मलाई मन्त्रमुग्ध पारेको थियो। त्यसैले स्वर्ग भन्ने कुनै ठाउँ छ भने त्यो हो मेरो गाउँ भन्ने गीत लेखेको हुँ,' उनी भन्छन्।

IMG_20200630_123357_Bokeh1679207937.jpg

एउटामात्रै नभएर इलाममा थुप्रै पर्यटकीय स्थल रहेको उनले बताए। 'कन्याम, माइपोखरी, माइखोला, देउरालीलगायत थुप्रै स्थल पर्यटकीय हिसावले उत्तिकै महत्त्वपूर्ण छन्,' उनले भने। उनले आगामी दिनमा पनि आफू गीत/संगीतका क्षेत्रमा सक्रिय रहने बताएका छन्। उनी आफ्नो रुची गीत संगीत भए पनि जिविकोपार्जनका लागि अन्य पेसा व्यवसाय गर्नुपरेको बताउँछन्।

'म अहिले विद्युत नियमन आयोगमा सदस्यका रुपमा कार्यरत छु। एक वर्ष भयो म यता नियुक्त भएको। मैले १८ वर्ष बैंकिङ क्षेत्रमा काम गरें। कुमारी बैंक, ग्लोबल बैंक, सनराइज बैंक र एनआइसीमा गरेर १८ वर्ष बैंकिङ क्षेत्रमा काम गरें। तर, मेरो रुची भएको र म रमाउने ठाउँ गीतसंगीत भए पनि जिविकोपार्जनका लागि अन्य ठाउँमा रमाइरहेको छु,' उनले भने। अहिलेसम्म डंगोलले सिर्जना गरेका एक दर्जन गीत रेकर्ड भइसकेका छन्। ती गीतमध्ये पाँच वटा गीतको म्युजिक भिडियो बनाइसकेका छन्।

डंगोलले सिर्जना गरेको स्वर्ग सरी इलाममा निरौलाद्वयको स्वर र भिषण निरौलाकै संगीत रहेको छ। संगीत एरेन्ज प्रदीप श्रेष्ठले गरेका छन् भने भ्वाइस स्टुडियो पुतली सडकमा गीत रेकर्डिङ गरिएको हो। गीतको म्युजिक भिडियो समिश्रण मुभिज एण्ड इन्टरटेनमेन्टको ब्यानरमा तयार पारिएको हो।

प्रकाशित: Mar 19, 2023| 12:18 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्