काठमाडौं- सामाजिक कार्यमा अभिरुचि देखाएकी पूर्व युवराज्ञी हिमानी पछिल्लो समय सामाजिक संजालमा पनि झुल्किन थालेकी छिन्। आइतबार उनले पोस्ट गरेका ट्वीट भाइरल नभए पनि त्यसले तरंग भने ल्याएको छ। पूर्व युवराज पारससँग अलग भएर बस्दै आएकी हिमानीले निकै भावुक भएर केही मार्मिक ट्वीटहरु गरेकी छिन्।
हिमानीले ट्वीटमा लेखेकी छिन् ‘संघर्ष गर्दा असफल हुनुको चिन्ताको विषय होइन, चिन्ता त्यति बेला लाग्नु्पर्छ, जब फेरि हामी दोस्रो पटक कोसिस गर्दैनौं।’ हिमानी थप लेख्छिन्, ‘काँडा पन्छाउदै बाटोमा हिड्नुको मजा बेग्लै छ, काँडाबीचको फूल टिपेर चुम्नुको मजा बेग्लै छ।'
काडा पन्छाउदै बाटोमा हिड्नु को मजा बेग्लै छ,
काडा बिचको फुल टिपेर चुम्नु को मजा बेग्लै छ, pic.twitter.com/a131soNeHy
— Himani Shah (@Himanishah123) October 5, 2018
पूर्वयुवराज्ञी हिमानी र पूर्व युवराज पारसबीच लामो समयदेखि न्यानो सम्बन्ध नभएको बेला बेलामा चर्चा हुने गरेको छ। थाइल्यान्डमा पारसको प्रेमिकासँगको सम्बन्धलाई लिएर उनीहरुबीच तनाव बढेपछि लामो समयदेखि पारस र हिमानी अलगअलग बस्दै आएका छन्।
हिमानीका यी ट्वीटहरुलाई केहीले उनको पारिवारिक तनावसँग पनि जोडेर हेरेका छन्। हिमानीले आफन्तहरुसँगको जमघटमा सबै चीज हुँदा आफू खुसी र सुखी हुन नसकेको पीडा पोख्ने गरेकी छिन्।
हिमानीले अर्को एउटा ट्वीटमा लेखेकी छिन्, ‘संघर्ष गर्दा असफल हुनु चिन्ताको विषय होइन। चिन्ता त्यति बेला लाग्नु पर्छ, जब फेरि हामी दोस्रो पटक कोसिस गर्दैनौं।’
हिमानीको भनाइ छ, 'अहंकार नै त्यो एक कुरा हो, जसले आफूलाई गतल छु भनेर कहिले महसुस हुन दिदैन।सुन्दर बस्त्रले तपाइको व्यक्तित्वलाई अवश्य बदल्छ तर सुन्दर व्यवहारले तपाइको सिङ्गो जिन्दगी बदलिदिन्छ।'
सुन्दर वस्त्रले तपाइको व्यक्तित्वलाई अवस्य बदल्दछ
तर सुन्दर व्यवहारले तपाइको सिङ्गो जिन्दगी बदलिदिन्छ । pic.twitter.com/UD4kzeZov8
— Himani Shah (@Himanishah123) October 5, 2018
दुनियाको सवैभन्दा खतरनाक हतियार भनेको याद हो ????
जसको प्रहारले मन ,मुटु र मष्तिस्कलाई गहिरो चोट पुर्याउँछ !! pic.twitter.com/RalSCMeEPx
— Himani Shah (@Himanishah123) September 22, 2018
