बुधबार, साउन ६, २०८३

निर्मला हत्या प्रकरणमा थप दुई प्रहरी निलम्बित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- निर्मला हत्याको अनुसन्धानमा गर्ने नाममा प्रमाण नष्ट गर्न सघाएको आरोपमा थप दुई जना प्रहरी निलम्बनमा परेका छन् ।

गृहमन्त्रालयले निर्मला हत्या अनुसन्धानमा प्रमाण नष्ट गराउने प्रहरी नायब निरिक्षक हरी सिंह थामी तथा महिला प्रहरी चाँदनी शाहलाई  निलम्बन गरेको  हो । 

साउन ११ गते कन्चनपुरको भिमदत्त नगरपालीका–१९ स्थित उखुबारीमा मृत अवस्थामा फेला परेकी १३ वर्षीया किशोरी निर्मला पन्तको कपडा पखालेर प्रमाण नष्ट गरेको भन्दै महिला प्रहरी चाँदनी शाहको चौतर्फी आलोचना भएको थियो ।

घटनाको अनुसन्धानमा खटिएका प्रहरी नायव निरीक्षक हरी सिंह थामीमाथि गृह मन्त्रालयबाट गठित छानबिन समितीले प्रमाण नष्ट पारेको आरोप लगाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।