बुधबार, जेठ २४, २०८०

प्रचण्ड अस्थिरताका सूत्रधार : एमाले नेता विष्ट

प्रधानमन्त्री प्रचण्डले राजनीतिक अस्थिरता र अन्योल निम्त्याउने काम गरेर मुलुकलाई सकसमा पारेको नेता विष्टको आरोप। 
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– संघीय सांसद एवं एमाले सचिव गोकर्ण विष्टले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिरताका सूत्रधार भएको दाबी गरेका छन्।

Everest Bank

शनिबार मकवानपुरको हेटौंडामा पत्रकारसँग कुरा गर्दै नेता विष्टले प्रचण्डले एमालेसँग गरेको सहमति दुई महिना नपुग्दै भत्काएर मुलुकमा अस्थिरता निम्त्याएको आरोप लगाएका हुन्।

उनले भने, ‘एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो। तर सहमतिको दुई महिना नपुग्दै त्यसलाई तोड्नुभयो। अस्थिरता निम्त्याउने कामको अगुवाइ प्रचण्डले गर्नुभएको छ।’

राजनीतिक अस्थिरता र अन्योल निम्त्याउने काम गरेर प्रचण्डले मुलुकलाई सकसमा पारेको नेता विष्टले आरोप लगाए।प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको आडमा अस्थिरता निम्त्याएकाले यस किसिमको  व्यवहारले कालान्तरमा उनैलाई घाटा हुने विष्टले बताए।

प्रकाशित: Mar 18, 2023| 01:19. 00 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्