बुधबार, चैत ८, २०७९
  • गृहपृष्ठ
  • अर्थ
  • देशभरका सडकलाई वर्षैभर सञ्चालन गर्ने योजना छ : भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ

देशभरका सडकलाई वर्षैभर सञ्चालन गर्ने योजना छ : भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ

मुलुकभरका सडकमा वर्षैभर यातायातका साधन सञ्चालन गर्ने गरी मन्त्रालयले आवश्यक योजना बनाइरहेको मन्त्री श्रेष्ठको दाबी।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकभरका सडकलाई व्यवस्थित बनाउने गरी काम सुरु भइसकेको बताएका छन्। मुलुकभरका सडकमा वर्षैभर यातायातका साधन सञ्चालन गर्ने गरी मन्त्रालयले आवश्यक योजना बनाइरहेको उनको भनाइ छ।

National life insurance

मन्त्री श्रेष्ठले जोरपाटी–मूलपानी, भैंसेपाटी र बालाजु सडकको स्थलगत निरीक्षणका क्रममा  सरकार मुलुकभरका सडकलाई व्यवस्थित बनाउने गरी काम भइरहेको बताएका हुन्।

उनले सडक व्यवस्थित बनाउने अभियानअन्तर्गत भैंसेपाटी र बालाजु, जोरपाटी र मूलपानी सडकको स्थलगत निरीक्षण गरिएको र कालोपत्रे हुन बाँकी सडक चाँडै कालोपत्रे गरिने प्रतिबद्धता जनाए। भैंसेपाटी र बालाजु, जोरपाटी र मूलपानी सडक निर्माणमा स्थानीय जग्गा मुआब्जा विवाद, खानेपानी निर्माण र अन्डरग्राउन्ड विद्युत्का कारण समस्या रहेको उनले उल्लेख गरे।

अदालत, अख्तियार, वन मन्त्रालयसँग छुट्टै सडक निर्माणमा रहेका समस्याका विषयमा छिट्टै छलफल गर्ने योजना रहेको मन्त्री श्रेष्ठले जानकारी दिए।

उनले काठमाडौं उपत्यका र उपत्यकाबाहिरका रुग्ण आयोजना निश्चित अवधिभित्र सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिइसकिएको बताए। 

worldlink

उनले भने, ‘सरकारले नयाँ रणनीतिक महत्त्वका राष्ट्रिय राजमार्ग र सडकमा कतिपय ठेक्का भएका छन्। कतिपय ठेक्का हुन बाँकी छन् । ठेक्का भएर पनि काम नभएका आयोजना पनि छन्। सबै काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुग्ण आयोजना प्रमुखलाई निश्चित अवधिभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइएको छ। सोहीअनुसार अनुगमन पनि भएको छ। काममा केही प्रगति भए पनि सन्तुष्ट हुनुपर्ने अवस्था छैन।’

सडक निर्माणमा कतिपय ठेकेदारको लापरबाहीका कारण समयमै सम्पन्न नहुने जग्गा मुआब्जा विवादले सडक कालोपत्रे गर्न नसकिएको उनको दाबी छ।

प्रकाशित: Mar 18, 2023| 10:55. 00 शनिबार, चैत ४, २०७९

थप समाचार

करका विषयमा राजस्व परामर्श समितिले माग्यो सुझाव

समितिले २०८०/८१ को बजेटका सन्दर्भमा समग्र राजस्व प्रशासन सुधारका उपाय समेटेर २० चैतभित्र सुझाव उपलब्ध गराउन सरोकारवालासँग आग्रह गरेको हो।

६ दशकमा २८ खर्ब पुग्यो उद्योग क्षेत्रको लगानी

उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ।

करिब डेढ खर्ब पुग्यो  वैदेशिक ऋण तथा अनुदान परिचालन

सरकारले चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे २४ अर्ब अनुदान प्राप्त गरेकाले २ खबै ४० अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य पूरा नहुने संकेत।

वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी

यो इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो। वर्ल्डलिंकले सन् २०१९ को अक्टोबरमा १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाइसकेको...