कठमडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेसंग आकस्मिक भेट गरेका छन् । बालुवाटारमा नेकपाको बैठक बसिरहेका बेला बैठक नै रोकेर प्रधानमन्त्री ओलीले अख्तियार प्रमुख घिमिरेसँग भेट गरेका हुन् ।
बैठक चलिरहेका बेल अख्तियार प्रमुख घिमिरे बालुबाटार पुगेका थिए । बैठकको बीचमा अख्तियार प्रमुखसँग प्रधानमन्त्रीले भेट्नुलाई विशेष अर्थका रुपमा हेरिएको छ। प्रमुख घिमिरेले प्रधानमन्त्रीसँग पहिलो पटक भेट गरेका हुन् । भेटमा भएको कुराकानीबारे खुलाइएको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४