बुधबार, साउन ६, २०८३

टिपरले फेरि लियो ज्यान : एकको मृत्यु, दुई घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चौतारा- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा ४ ख ३३३१ नं को टिपर दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । आइतबार बेलुका भएको दुर्घटनामा परि बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएका छन् । उनीहरु दुवैको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

ढुङ्गा लोड गरिएको उक्त टिपर सडक भासिएर करीब २०० मिटर तल घेलुङ खोलामा खसेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।