आइतबार, जेठ २१, २०८०

खेल हेर्न पुगेका प्रधानमन्त्रीले दिए बधाई 

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९
Everest Bank
Metro Mart
worldlink

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप छनोटका लागि छानिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन्।

‘आईसीसी क्रिकेट विश्वकप लिग–२ मा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई!’ 

बिहीबार कीर्तिपुरमा भएको खेलमा नेपालले यूएईलाई अन्तिम खेलमा पराजित गर्दै विश्वकप छनोटमा स्थान बनाएको छ। नेपालले ३११ रन पछ्याएकोमा डीएलएस मेथडबाट ९ रनको जित हात पारेको हो। खेल हेर्न प्रधानमन्त्री प्रचण्ड पनि मैदानमा पुगेका थिए। केही ओभर खेल हेरेर उनी निस्किएका थिए।

प्रकाशित: Mar 16, 2023| 06:31. 00 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

आगामी ६ असोजदेखि चीनको होङझावमा आयोजना हुने १९औं एसियाली स्पर्धामा नेपालले २९ खेलमा भाग लिने तयारी।

टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो।

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।