बुधबार, साउन ६, २०८३

निर्मला हत्या बारे प्रतिवेदनले गर्‍यो यस्तो खुलासा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले छानबिन समितिले तयार पारेको प्रतिवेदन आइतबार सार्वजनिक गरेको हो । 

भिमदत्त नगरपालिका-२ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। हत्या भएको यति समय बित्दा पनि हत्यारा पत्ता लाग्न सकेको थिएन । घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै देशभर आन्दोलन भइरहेका बेला आइतबार सरकारले छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो । 

घटनाको सत्यतथ्य छानबिनका लागि ७ भदौमा सरकारले गृहमन्त्रालयका सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

कार्य सम्पादनका लागि १५ दिनको समय पाएको समितिले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष ९ असोज मै प्रतिवेदन बुझाएको थियो । गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको ११ दिनपछि गृहमन्त्रालयले प्रतिवेदनको सार्वजनिक गरेको हो ।

गृहमन्त्रालयले सार्वजनिक गरेको ३७ पेज लामो प्रतिवेदन यस्तो छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।