बिहीबार, कात्तिक २०, २०८२

यूएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

खराब लाइटिङका कारण खेलको निर्णय डीएल मेथडबाट लिइँदा नतिजा नेपालको पक्षमा आएको हो। आईसीसीका अनुसार नेपालले युएईलाई ९ रनले हराएको हो।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

घरेलु मैदानमा यूएईमाथि जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको छ। खराब लाइटिङका कारण खेलको निर्णय डीएल मेथडबाट लिइँदा नतिजा नेपालको पक्षमा आएको हो। आईसीसीका अनुसार नेपालले युएईलाई ९ रनले हराएको हो।

Kumaribank

कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो।बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रनको लक्ष्य दिएको थियो।

युएईले दिएको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा नेपालले २३५ रन जोडेको थियो। ब्याटिङमा गुल्सन झा २५ रन र दिपेन्द्रसिंह ऐरी ४ रनमा बनाएर खेलिरहेका थिए। हजारौं दर्शक ओइरिएको त्रिवि मैदानमा त्यतिबेला बादल लागेका कारण धुम्म भएको थियो।

विश्वकप छनोटमा पुग्न जित्नैपर्ने खेलमा नेपाल डीएल मेथडमा पनि पछि परेको थियो। त्यसैले नेपालका लगि जतिसक्दो छिटो रन बनाउनुपर्ने अवस्था थियो। त्यतिबेला युएईका कप्तान मोहमद वासिम बलिङमा आए। आफ्नो ओभरमा बलिङ गरेका वासिमविरूद्ध गुल्सनले पहिलो ओभरमा रन लिएनन्। दोस्रो ओभरमा दुई रन लिएका गुल्सन त्यसपछि भने आक्रामक रूपमा प्रस्तुत भए।

उनले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो, पाँचौं र छैटौं बलमा चौका प्रहार गर्दा नेपालले एकै ओभरमा २० रन जोड्न सफल भयो। २० रन जोडेसँगै नेपाललाई राहत मिल्दा डीएल मेथडमा अघि भइहाल्यो। तर युएईलाई त्यही ओभर महँगो सावित भयो। किनभने दुई ओभरपछि खेल पर्याप्त प्रकाश नभएको भन्दै रोकियो।

Metro Mart

४३ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा नेपालले ६ विकेटको क्षतिमा २६९ रन जोडेको थियो। त्यति नै बेला त्रिवि मैदानमा खेल्न पुग्ने प्रकाश नहुँदा अम्पायरले खेल रोके, जसको फाइदा नेपाललाई भयो। खेल नेपालले डीएल मेथडमा ९ रनले जित्यो।

जारी सिरिजको पहिलो खेलमा यूएईलाई हराउँदै नेपालले आगामी ४ वर्षका लागि ओडीआई मान्यता जोगाएको थियो। आजको खेलसँगै लिग २ का सबै खेल सकिएका छन्। नेपालले सन् २०२० को फेब्रुअरीमा अमेरिका र ओमानसँग खेल्दै लिग २ को त्रिकोणात्मक सिरिजको सुरुवात गरेको थियो।

नेपालले पहिलो पटक ओडीआई ग्लोबल क्वालिफायर खेल्न लागेको हो। नेपालले अब जिम्बाबेमा हुने आईसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच प्रतिस्पर्धा स्पर्धा हुनेछ। 

प्रकाशित: Mar 16, 2023| 17:43 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।