बुधबार, कात्तिक ५, २०८२

नेपालको खराब ब्याटिङ, सय रनमै गुम्यो चार विकेट

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरूद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा नेपालले खराब ब्याटिङ गरेको छ।

Kumaribank

टिमको स्कोर सय रन हुँदा आफ्ना महत्वपूर्ण चार विकेट गुमाएको छ। जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरूवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको थियो। त्यसपछि थप ५० रन बनाउँदा चौथो विकेट गुमायो।

ओपनर आसिफ शेख तेस्रो बलमै वृत्य अरविन्दबाट स्टम्पिङ आउट भए। कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । आयनको बलमा ठूलो सट खेल्न खोजेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए। वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।

त्यसपछि नेपाली इनिङ्स सम्हालिरहेका कुशल भुर्तेल व्यक्तिगत ५० रन पूरा गरेपछि आउट भए। उनले ३५ बल खेलेर ३ चौका र ४ छक्का हिर्काए।

अहिले क्रिजमा भीम सार्की र आरिफ शेख छन्। त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

Metro Mart

प्रकाशित: Mar 16, 2023| 15:20 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।