सोमबार, कात्तिक ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एनएमबि बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगद पुरस्कार दिने

एनएमबि बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगद पुरस्कार दिने

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई एनएमबि बैंकले पुरस्कार दिने भएको छ। राष्ट्रिय क्रिकेट टिमका १६ जना खेलाडीलाई जनही २१ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा बैंकले बुधबार गरेको हो।

Kumaribank

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरू राष्ट्रका गौरव रहेकाले खेलाडीको मनोबल उच्च बनाउन सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगति बताए। सोही कुरालाई मध्यनजर गर्दै १६ जना खेलाडीलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले पुरस्कार दिन लागेको उनले बताए।

२०१९ देखि सुरु भएको विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ म्याचमा जितसहित चौथो स्थानमा छ। आज बिहीबार लिगको अन्तिम खेलमा नेपालले यूएईसँग खेलेको छ।

एनएमबि बैंकले पुरस्कारबापतको रकम १६ खेलाडीको नाममा बैंक खाता खोलि खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए।

प्रकाशित: Mar 16, 2023| 14:55 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।