बुधबार, साउन ६, २०८३

कपिलबस्तु विकासमा निकै पछि परेको छ : मन्त्री खनाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कपिलबस्तु जिल्ला स्वास्थ्य, शिक्षामा मात्र नभई विकासमा पनि निकै पछि रहेको बताएका छन्। 

विजय दशमी, दिपावली एवं छठ पर्वको अवसरमा कपिलबस्तु समाजले राजधानीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री खनालले भने ‘विकासका लागि सबैले साझा चिन्तन गर्नुपर्छ।’

मन्त्री खनालले कपिलबस्तुको समग्र विकासका लागि साझा विकासको अवधारणामा जोड दिदैँ त्यहाँको शिक्षा, स्वास्थ्य, पर्यटन र संस्कृतिलाई प्राथमिकतामा राखेर सरकारले योजना बनाउने बताए। कपिलवस्तुको विकासमा अन्तर्राष्ट्रिय दातृ निकायले पनि सहयोग गर्नुपर्ने उनले बताए। 

पूर्वमन्त्री दीपकुमार उपाध्यायले मानव सूचकाङ्कमा कपिलबस्तु जिल्ला निकै पछि रहेको बताउँदै सकरात्मक सोच र काममार्फत जिल्लाको विकास गर्न सकिने बताए।
 
समाजका अध्यक्ष अनिरुद्वनाथ शुक्लको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री अकबाल अहमद शाह, सर्वदेव ओझा, लेखा समितिका पूर्वसभापित डोरनाथ उपाध्याय, समाजका पूर्वअध्यक्ष कालिका दवाडी, त्रिभुवन पाठक लगायतले विश्वशान्तिका दूत भगवान गौतम बुद्ध राजकुमार भएर २९ बर्ष बिताएको तिलौराकोट दरबारको प्रचार हुनु पर्नेमा जोड दिए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।