शुक्रबार, फागुन १, २०८२

यूएईसँगको खेलमा नेपाल टस हारेर बलिङ गर्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाअन्तर्गत यूएईसँगको खेलमा नेपालले टस हारेको छ। 
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं- आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाअन्तर्गत यूएईसँगको खेलमा नेपालले टस हारेको छ। 

National life

त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले पहिला बलिङको निम्तो पाएको छ। नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राखेको छ। करणको ठाउँमा गुलशन झाले खेल्ने भएका छन्। 

खेल साढे ९ बजेदेखि सुरु हुनेछ। यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ। सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएकाे छ।

लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ। यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ।

Laxmi sunrise bank

नेपालको प्लेइङ–११ 

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।

प्रकाशित: Mar 16, 2023| 08:59 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।